निर्माण सामग्रीमा भएको मुल्यवृद्धि फिर्ता गर्न माग

साझाकुरा
२०७८ चैत्र १८, शुक्रबार ०९:२५

हेटौंडा- निर्माण व्यवसायी संघ मकवानपुरले निर्माण सामग्रीमा भएको मूल्यबृद्धि फिर्तालगायत विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।निर्माण सामग्रीमा भएको मूल्यबृद्धि, सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनको त्रुटि सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । बीमाको प्रिमियम दरमा भएको मूल्यबृद्धि र राजस्व सम्बन्धमा केही बुँदाहरू संशोधनको पनि माग गर्दै संघ मकवानपुरले प्रशासनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न १० बुँदे मागहरु समावेश गरिएको छ । संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन–पत्र बुझाएको हो ।ज्ञापनपत्र बुझाउन संघका कोषाध्यक्ष ईश्वर पाठक, सहकोषध्यक्ष नवराज पाठक, कार्यसमिति सदस्यहरु सुरज बर्तौला, निर्मल देवकोटा, नेपाल निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय सदस्य ईश्वर पण्डितसहितको निर्माण व्यवसायीको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*