प्लाष्टिक टनेलभित्र खेती गर्न सिकाउँदै वडा कार्यालय

साझाकुरा
२०७८ चैत्र १८, शुक्रबार ०९:२७

हेटौंडा- आफ्ना वडाबासीलाई प्लाष्टिक टनेलभित्र व्यावसायिक तरकारी खेती व्यवस्थापन गर्न मकवानपुरगढी गाउँपालिकाको २ नम्बर वडा कार्यालयले सिकाएको छ ।मकवानपुरगढी गाउँपालिकाको तथ्याड्ढ अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ सम्म वडा नम्बर २ मा ३२ कृषक परिवारले १२ हजार ३ सय ८४ वर्गमिटर क्षेत्रफलमा १ सय १९ वटा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् ।
उनीहरुलाई खेती व्यवस्थापन बारे ज्ञान प्रदान गर्न तालिम दिइएको हो । २ नम्बर वडामा व्यावसायिक तरकारी खेती थप बिस्तार हुने क्रममा रहेकाले व्यवस्थापनसम्बन्धी तालिम दिइएको गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

२ नम्बर वडामा सबैभन्दा बढी टनेल कुर्लेफाँटमा रहेको छ । वडा कार्यालयको आयोजनामा १५ र १६ चैतमा २ दिनसम्म तरकारी खेती व्यवस्थापनबारे तालिम दिएको हो । २ नम्बरका वडा अध्यक्ष बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको तालिममा सहभागी किसानलाई सैद्धान्तिक विषयसँगै फिल्ड अवलोकनमा रोजगारीको पहिचान, काँटछाँट, माटो व्यवस्थापनलगायत विषयमा व्यावहारिक ज्ञान दिइएको चौधरीले बताए । गतवर्ष टनेलभित्र लगाएको गोलभेडालगायत तरकारीमा विभिन्न समस्या देखापरेकोमा उक्त समस्यालाई लक्षित गरी टनेलभित्र खेती गर्ने कृषकहरुलाई तालिम दिइएको चौधरीले जनाए । कृषि शाखा प्रमुख चौधरी, कृषि प्राविधिक गोपाल लम्साल र संगीता दुलालले प्रशिक्षण दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*