जनकल्याणमा वित्तीय साक्षरता कार्यक्रम
हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरको जनकल्याण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भएको छ ।थाहाको शिखरकोटमा रहेको सेञ्चुरी कमर्शीयल बैंकले बिहीवार साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य, महत्व तथा बैंक खाता खोल्ने प्रक्रिया, खाताका प्रकार, मोबाइल बैंकिङ सेवा, आइपीएस, कर्जा, एटीएम सेवा, आन्तरीक तथा वैदेशिक रेमिट्यान्सलगायत बैंकबाट प्रदान गरिने सेवाबारे जानकारी गराइएको थियो ।
विद्यालयमा अध्ययनरत् कक्षा १२ का करिब ७० जना विद्यार्थी तथा शिक्षकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा बैंकका प्रबन्धक आशिष गौतम, बैंकका कर्मचारीहरु, मंगलदीप सहकारीका व्यवस्थापक गणेश विष्ट, नेपाल लाइफ इन्स्योरेन्स पालुङ शाखा प्रमुख नरहरि पौडेल, नाडेप लघुबित्त, पालुङका कर्मचारी रवि रिमालको उपस्थिति थियो । जीवन बिमा तथा निर्जिवन बिमाको फाइदा तथा महत्वबारे नेपाल लाइफ इन्स्योरेन्स पालुङका प्रमुख नरहरि पौडेलले सहजीकरण गरेका थिए ।
कतिपय अवस्थामा बैंकिङ सम्बन्धी राम्रो ज्ञान नभएका कारण धेरैले गल्ती गर्ने गरेकाले साक्षरता कार्यक्रम आवश्यकता रहेको सहभागीहरुले औंल्याएका छन् । बैंकले जनचेतना मूलक कार्यक्रमहरु भविष्यमा पनि विभिन्न टोल बस्तिमा सञ्चालन गर्दै जाने योजना बनाएको छ ।







