गाँजासहित भैंसेबाट युवक पक्राउ

साझाकुरा
२०७८ चैत्र २०, आईतवार १२:२८

हेटौंडा- प्रतिबन्धित लागूऔषध गाँजासहित भीमफेदी गाउँपालिकाको भैंसेबाट एक युवकलाई प्रहरीले पक्राउ गरेकोछ ।हेटौंडा उपमहानगरपालिका–६ चौघडा बस्ने २१ वर्षीय निमेस प्रजालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले करिब ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरिएको हो । ना. ४ च ५९३६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार प्रजाको साथबाट गाँजा बरामद भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*