पेट्रोलियम पदार्थको अभावले उपभोक्ता मारमा

साझाकुरा
२०७८ चैत्र २०, आईतवार १२:४७

हेटौंडा- कमिशन नपाएको झोंकमा व्यवसायीहरुले पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गराएपछि उपभोक्ताहरु समस्यामा परेका छन् ।शुक्रबारदेखि हेटौंडामा पेट्रोलियम पदार्थको अभाव भएपछि पम्पहरुमा सवारीसाधनको बाक्लो लाइन लागेको छ । उपभोक्ताहरु चर्को घाममा घण्टौं लाइन बसेर पेट्रोलियम पदार्थ हाल्न बाध्य भएका छन् ।

सवारीमा तेल हाल्नेहरुको चाप बढेसँगै कतिपय पम्पहरुमा पेट्रोलियम पर्दाथ अभाव भएको छ । उपभोक्ताहरुले माग खेपिरहेपनि व्यवसायीहरुले थप आन्दोलन चर्काउने बताएका छन् । नारायणी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष उत्सव इटेनीले नेपाल आयल निगमले बिक्रेतालाई कमिशन नबढाएका कारण आन्दोलन गर्नुपरेको बताए । उनले उपभोक्ताहरुलाई पर्न गएको असुविधाप्रति क्षमा मागेका छन्।कमिशन बढाउन छोडेर नेपाल आयल निगमले झन घटाएको भन्दै चरणबद्ध आन्दोलनमा होमिएको बताए । उनका अनुसार शनिबारबाट पेट्रोलिमय पदार्थमा अभाव सुरु भएको हो ।

नेपाल पेट्रोलियम डिलर एसोसिएसनले पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएपछि देशभर पेट्रोलियम पर्दाथको अभाव खट्किएको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धि आफूखुशी बढाएर निगमले बिक्रेतालाई ध्यान नदिएको इटेनीको भनाइ छ । ५० वर्षदेखि पाइरहेको कमिशनमा कटौती गर्नुका साथै बिक्रेताले पाउँदै आएको २ दशमलव ६ प्रतिशत कमिसन पनि घटेकोप्रति आन्दोलन भएको इटेनीले बताए । माग पूरा नगरे पेट्रोलियम पदार्थको बिक्री ठप्प पार्ने चेतावनी व्यवसायीहरुको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*