ज्येष्ठ नागरिकको सम्मान
हेटौंडा-‘घर घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत कांग्रेस हेटौंडा–२ पल्पसा टोल समितिले आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिक तथा एक महिलालाई सम्मान गरिएको छ । नेपाली कांग्रेस मकवानपुरले आइतबार ज्येष्ठ नागरिक तथा एकल महिलाहरुको सम्मान गरेको हो । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेकी हुन् । उपाध्यायले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन कांग्रेसले योजना बनाएर अगाडि बढ्ने बताएकी छन् ।
टोल इकाई समितिका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, रविन्द्र घिमिरेलगायतले जेष्ठ नागरिकको सम्मानले समाज विकासमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव ताराचन्द्र बजगाई, जिल्ला सदस्य इश्वर पण्डित, अर्जुन पुडासैनी, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, महासमिति सदस्य अशोक शाक्य, जिल्ला प्रतिनिधि हरि वाग्ले, पूर्व जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ, २ नम्बर वडा सभापति भवसागर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।







