मकवानपुरगढीमा मनाइयो सहकारी दिवस
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले ६५ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६ नम्बर वडाको सास्वतधाममा दिवस मनाइएको हो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । पुडासैनीले सहकारीको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताइन् । उनले सहकारीका कारण धेरैको जीवीकोपार्जन भइरहेको भन्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको बताएकी छन् । कार्यक्रमको अबसरमा मकवानपुरगढीमा जन्मिएर सहकारी क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रदेश सहकारी बोर्डका उपाध्यक्ष, केन्द्रीय दुग्ध उत्पादक सहकारी महासंघका अध्यक्ष नारायण प्रसाद लम्साल, जिल्ला सहकारी संघका पुर्वअध्यक्ष बद्री लम्साललाई सम्मान गरिएको छ ।
गाउँपालिकामा विभिन्न कृषि तथा पशु कर्म गर्ने किसानहरु लालकुमारी अधिकारी, केदार पुडासैनी, सरोज पाठक, लक्ष्मीकुमारी सापकोटा, गणेश सापकोटा, सुजन पुडासैनी, भवनाथ दाहाल, श्याम सुन्दर तिमल्सिना, सुभद्रा घिसिङ, टंक प्रसाद ढुंगेल, सुरेश घलान र छिरिङ योन्जनलाई सम्मान गरिएको छ । मनकामना दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक साना किसान कृषि सहकारी संस्था, अपाङ तथा विपन्न कृषि सहकारी संस्था, तिलगंगा बहुउद्देश्यीय सहकारी संस्था, महिला आवाज साकोस, महिला कल्याण साकोस, जागरण साकोस, सृजनशील समाज साकोसलाई पनि सम्मान
गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, वडा अध्यक्षहरु भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, जितबहादुर घिमिरे, टिका प्रसाद दाहाल, बखान सिं पाख्रिन, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, उपाध्यक्ष मिना चौरेल, दिवस कार्यक्रमका संयोजक अर्जुन प्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि सहकारी संघ प्रदेश सदस्य निर्मला लम्साल, विशिष्टकृत सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद हुमागाईं, बचत तथा ऋण सहकारी पालिका संजालका संयोजक कृष्णबहादुर बिडारी, गाउँपालिकाको सहकारी शाखा प्रमुख रामप्रसाद दाहाललगायतको आतिथ्यता रहेको थियो । ¥याली उत्कृष्ट प्रदर्शन गर्ने सहकारी संस्था श्रमिक साना किसान कृषि सहकारी संस्था, महिला आवाज साकोस, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था र महिला कल्याण साकोसलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
हेटौंडामा मनाइयो दिवसहेटौंडामा बागमती प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ मनाइएको छ । हेटौंडा–४, स्थित भुटनदेवी माविको प्राङगणबाट विभिन्न सहकारीका नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो ।बागमती प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले ६५ औं राष्ट्रिय सहकारी दिवसको उद्घाटन गरेका थिए । कार्यक्रम मुल समारोह संयोजक तथा प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले प्रदेशभरका सहकारी क्षेत्रका समस्या, चुनौती, र अवस्थाबारे प्रष्टाएका थिए । प्रभातफेरीमा युवा बचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था हाँडिखोलाले नौमती पञ्चेबाजा प्रस्तुत गरेको थियो । हेटौंडा–९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले खैजेडी भजनको प्रस्तुती दिएको थियो ।
दिवसको अवसरमा तीन दशक लामो समय सहकारी क्षेत्रमा रहेर योगदान गरेको भन्दै सहकारी अभियान्ता, सहकारी महासंघपूर्व संचालक, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बद्री लम्साललाई कदर पत्रका साथ सम्मान गरिएको थियो । सोही क्रममा नेपालकै पहिलो सहकारी चितवन, भरतपुर १९ को बखान बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, बचत संघ प्रदेश अध्यक्ष उद्धव सापकोटा, भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानालगायतको आतिथ्यता थियो ।







