सहकारीको वर्तमान अवस्थाका बारेमा गोष्ठी
हेटौंडा-सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान विषयमा सोमबार हटौंडामा लद्यु गोष्ठी कार्यक्रम भएको छ ।राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा एक दिवसीय लद्यु गोष्ठी भएको हो । राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक नारायाण प्रसाद देवकोटाको अध्यक्षतामा भएको गोष्ठीमा निवर्तमान संयोजक वीरेन्द्रप्रसाद ढुंगाना, राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक बद्रीप्रसाद लम्साललगायतको आतिथ्यता थियो ।राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले गोष्ठीमा अवधारण प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लिमिटेड, जिल्ला दुग्ध सहकारी संघ मकवानपुर, नेफस्कुन हेटौंडा फिल्ड कार्यालय, लगायत विभिन्न सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको सहभागिता थियो ।







