९० किलो लागूऔषध गाँजासहित एक जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले ९० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मनहरी–६ बाट ९० किलो लागूऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटीहरिचन्द्र गाउँ पानापुरका ३५ बर्षीय असगर अली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई भारतीय नम्बरको ट्रक बीआर २५–जीए ३०९२ नम्बरको ट्रकबाट लागूऔषध गाँजासहित पक्राउ गरिएको जनाइएको छ । आइतबार साँझ ५ बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मनहरी–६ मा चितवनबाट मनहरी तर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई रोकी सुरक्षा जाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा बरामद भएको प्रहरीको
भनाइ छ ।







