कांग्रेस हेटौंडा नगरले ग¥यो बृहत भेला

साझाकुरा
२०७८ चैत्र २२, मंगलवार ०९:२६

हेटौंडा-हेटौंडा उपमहानगरले घर घर जाऔं, कांग्रेस जिताऔं अभियानअन्तर्गत् आयोजित वृहत भेला गरेको छ । कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको सभाध्यक्षता तथा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा हेटौंडामा बृहत भेला भएको हो ।भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि डिनाले गठबन्धनलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएकी छन् । उनले गठबन्धन तोड्न राम्रो नहुने तर, व्यवस्थित गर्न भने आवश्यक रहेको औल्याएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नै पर्छ भनेर लाद्न नखोजेको भन्दै गठबन्धनलाई व्यवस्थित गर्न चिन्तित रहेको मात्रै बताइन् ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि गुरुराज घिमिरेले घरघर जाऔ कांग्रेस जिताऔ अभियान स्थानीय तहको निर्वाचनमा जनताको निराशालाई भगाउदै कांग्रेसलाई बिजयी गराउने आधारशिला रहेको टिप्पणी गरे ।नेता घिमिरेले कम्युनिष्टबाट जनता चरम निराश बनेको उद्घोष गर्दै कम्युनिष्टहरूको विगविगीलाई अन्त्य गर्न आवश्यक रहेको बताए । उनले आवश्यकताको आधारमा मात्र गठबन्धन गर्ने तर, आवश्यक नभएको स्थानमा गठबधन गर्नैपर्छ भन्ने अवस्था नरहेको बताए ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस पद्वतिमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धा हाबी भएको स्वीकार गर्दै मिलेर लैजानुको विकल्प नरहेको बताएका छन् । उनले पार्टी निर्णय बिरुद्ध जिम्मेवार कांग्रेसी हिँड्न नहुने भन्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन अपरिहार्य भएको बताए ।कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य तथा हेटौंडा नगर प्रतिनिधि तारा गुरुङ, कांग्रेस दैलेखका महासमिति सदस्य खगेन्द्र सुनार, कांग्रेस मकवानपुरका सदस्य तथा निवर्तमान नगर सभापति आनन्दराम पराजुली र संघिय सभापति दामोदर खनाल लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*