म्यादी प्रहरीमा एक हजार ४ सय ७३ जना छनौट

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार १०:२२

हेटौंडा- मकवानपुरमा एकहजार चारसय ७३ जना म्यादी प्रहरीमा छनौट भएका छन् । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि मकवानपुरका एकहजार चारसय ७३ जना म्यादी प्रहरीमा छनौट भएका हुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्राप्त आवेदनमध्ये चैत १५ गतेदेखि २१ गतेसम्म सञ्चालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण, लिखित परीक्षा तथा अन्तर्वार्तामा सफल भएका परिक्षार्थीहरुको नामावली सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुईसय ९५ जनाको नाम वैकल्पिकमा निकालेको छ । छनौट भएका उम्मेदबारहरुले नियुक्ति पत्रको लागि सक्कल नागरिकता र सक्कल प्रवेश पत्रसहित नियुक्तिपत्र लिन जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालयमा जान समेत सूचना गरिएको छ ।

म्यादी प्रहरीमा छनौट भएकाहरुलाई भोलि २४ गते र २५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नियुक्ति वितरण गर्ने जिप्रका मकवानपुरले जनाएको छ । यस्तै, म्यादी प्रहरीको प्रशिक्षणको लागि पुरुषलाई ट्रयाक सुट वा गेम ड्रेस र महिलाको हकमा कुर्ता सुरुवाल वा गेम ड्रेस अनिवार्य गरिएको छ । म्यादी प्रहरीको लागि तीनहजार सातसय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका थिए ।म्यादी प्रहरीमा दुई हजार पाँचसय ९६ जना पुरुष तथा एकहजार एकसय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । म्यादीको चैत २८ गतेबाट तालिम सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*