चौलागाईंलाई काम गर्न दिन उच्च अदालतको आदेश
हेटौंडा-बागमती प्रदेशको प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमै रहेर काम गर्न दिन उच्च अदालत पाटन हेटौंडा इजलाशले आदेश जारी गरेको छ उच्च अदालत पाटन हेटौंडा इजलाशले बागमती प्रदेश सरकारका नाममा आदेश जारी गरेको हो । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चौलागाईलाई पदमुक्त गरेको थियो । सरकारले बद्नियत
राखी आफूलाई पदबाट हटाएको भन्दै चौलागाईंले उच्च अदालत पाटन हेटौंडामा उत्प्रेषण परामदेशको रिट निवेदन दिएका थिए ।
उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्र परिषद्को निर्णय उत्प्रेषणको आदेशले बदर गर्दैचौलागाईंलाई पदमै रहेर काम गर्न दिन सरकारका नाममा परमादेश जारी गरेको हो ।रिट जारी भएसँगै चौलागाईंले बागमती प्रदेश युवा परिषद्कै उपाध्यक्षको हैसियतमा काम कारबाही गर्ने बाटो खुलेको छ ।चौलागाईंका तर्फबाट अधिवक्ता धुव्रप्रसाद चौलागाई, मदन दाहाल, मुकुन्द अधिकारी र बालकृष्ण अधिकारीले बहस गरेका थिए ।







