अस्पताललाई प्रतिष्ठानबाट अलग्याउन लागेकोमा विरोध प्रदर्शन

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार ११:४५

हेटौंडा- बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग्याउन लागेको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ ।बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णयको विरुद्वमा हेटौंडामा प्रदर्शन भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजनीतिक प्रतिसोध साँध्नको लागि शिक्षण अस्पतालको रुपमा विकास भइरहेको अस्पताललाई पुनः पुरानै अवस्थामा ल्याउने गरी अध्यादेश ल्याउनु मकवानपुरे जनताको स्वास्थ्य माथिको खेलवाड भएको भन्दै एमालेका जनवर्गीय संगठनले बिरोध गरेका हुन् । जनवर्गीय संगठनका नेताहरुले हात तथा टाउकोमा कालोपट्टी बाँधेर बिरोध प्रर्दशन गरेका थिए ।उनीहरुले बागमती प्रदेश सरकारले जनबिरोधी काम गरेको भन्दै अध्यादेश फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सार्न पाइँदैन, जनता मार्न पाइँदैन’ नारा सहितको प्लेकार्ड बोकेका युवाहरुले प्रर्दशन गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*