स्वास्थयकर्मीसंग कांग्रेस प्रदेश सभापति बानियाँको छलफल

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार ११:५२

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्यकर्मी संघ मकवानपुरका स्वास्थ्यकर्मीहरुसँग स्थानीय तह निर्वाचनको विषयमा छलफल गरेका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन स्वास्थ्यकर्मीहरुको भूमिकाको विषयमा बानियाँले छलफल गरेका हुन् । छलफलमा उनले संघमा आवद्व स्वास्थ्यकर्मीहरुलाई विभिन्न अस्पतालमा कार्यरत् चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कांग्रेसको बारेमा बुझाउन आग्रह गरेका थिए । कार्यक्रममा दुईजना चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मी कांग्रेसमा प्रवेश गरेको संघका उपाध्यक्ष सुधीर दाहालले जानकारी दिए । उनका अनुसार डा. सुवास बनईता र डा. बिजय कुमार कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*