टाइफाइडबिरुद्धको खोप अभियान आजदेखि

मकवानपुरमा एक लाखलाई लगाईंने
साझाकुरा
२०७८ चैत्र २५, शुक्रबार ०९:११

हेटौंडा-मकवानपुरमा आज शुक्रबारदेखि दुई चरणमा टाईफाइड बिरुद्धको खोप अभियान सुरु हुँदैछ । जिल्ला खोप समन्वय समितिका अनुसार खोप अभियानको तयारी पूरा भएको छ ।मकवानपुरमा एक लाख जनालाई खोप लगाइने भएको हो । जिल्लामा भएको चारलाख ६१ हजार ५३ जनसंख्यामध्ये पालिकास्तरबाट प्राप्त एकलाख २६ हजार पाँचसय ६६ लक्षित जनसंख्या रहेको बताइएको छ । जसमध्ये एकलाख आठहजार चारसय ८६ जना बालबालिकामा खोप लगाउने तयारी भइरहेको जनाइएको छ । मकवानपुरमा छसय आठ खोप केन्द्र, आठसय ७० खोपकर्ता, एकहजार तीनसय ९० जना स्वयम्सेवकपरिचालन हुने जनाइएको छ ।

जिल्ला खोप फोकल पर्सन बासुदेब रिमालले मकवानपुरको ९ स्थानीय तहमा २५ चैतदेखि ६ वैशाखसम्म र बकैया गाँउपालिकामा वैशाख ५ गतेदेखि ९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । जिल्लास्थित थाहा नगरपालिका, मकवानपुरगढी, हेटौंडा, बागमती, कैलाश,मनहरी, राक्सिराङ, इन्द्रसरोबरर भीमफेदीले खोप कार्यक्रमको तयारी गरिसकेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले खोप अभियानबाट बालबालिकालाई छुटाउन नहुने बताए । बढ्दो संक्रमण दरका कारण बालबालिकालाई नछुटाई खोप लगाउनुपर्ने उनको भनाइ छ ।

बागमती प्रदेशको १३ वटै जिल्लामा लक्षित उमेर समूहलाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले आज शुक्रबारदेखि प्रदेशभर टाइफाइडबिरुद्धको खोप अभियान सुरुवात गर्दैछ ।बागमतीका मुख्यमन्त्रीराजेन्द्रप्रसाद पाण्डेले बिहीवारअपरान्ह स्वास्थ्य मन्त्रालयमा खोप अभियानको उद्घाटन गरिसकेका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बागमतीमा १५ महिनादेखि १५ वर्षसम्मका १२ लाख ५२ हजार पाँचसय ३९ जना बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउन लागिएको हो । जिल्लास्थित विद्यालयमा खोप केन्द्र स्थापना गरिएको निर्देशनालयका चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उक्त उमेर समूहका बालबालिका विद्यालयमै भेटिने भएकाले खोप केन्द्र विद्यालयमा
राखिएको उनको भनाइ छ ।

२५ चैतदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने झाले बताए । खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको निर्देशनालयले जनाएको छ । प्रदेशभर छहजार पाँचसय २० खोप केन्द्र छन् । खोप केन्द्रमा आठ हजार आठसय ५८ जना खोपकर्मीपरिचालन हुने शाखा प्रमुख झाले जानकारी दिए । खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढी स्वयम्सेवक परिचालन हुने जनाइएको छ । निर्देशनालयका खोप फोकल पर्सन पदमराज कैनीले ८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको जनाए । खोप अभियानलाई प्रभावकारी बनाउन समुदाय तहमा छलफल, विद्यालयहरुमा तथ्याड्ढ संकलन, स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत् जानकारी प्रवाह गरिएको बताइएको छ ।

खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको निर्देशनालयले जानकारी दिएको छ । नेपालमा पहिलोपटक टाइफाइडबिरुद्धको खोप अभियान सुरु हुँदैछ । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा खोप लगाउन सुरु हुने भएको हो । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको निर्देशनालयले जानकारी दिएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमण दर बढी देखिएकोलेसरकारले १५ महिनादेखि १५ वर्षबीचका बालबालिकालाई खोप अभियानमा समेटेको जनाइएको छ ।

सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । पाटन एकेडमी अफ हेल्थ साइन्सेजले गरेको एक अध्ययनमा प्रति एकलाख जनसंख्यामा एकहजार ६२ जनामा टाइफाइडको संक्रमण देखिएको थियो ।टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामकरोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्ने तीन वर्षयताको तथ्याड्ढले देखाएको छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्छ भने टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*