ज्येष्ठ नागरिक वडा मञ्च गठन
हेटौंडा-हेटौडा उपमहानगरपालिका–१७ मा यतिन्द्र पुडासैनीको अध्यक्षतामा ज्येष्ठ नागरिक वडा मञ्च गठन गरिएको छ ।आइतवार श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ गैरीगाउँमा सम्पन्न भएको वडा भेलाले पुडासैनीको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च गठन गरेको हो । समितिको सचिवमा बुद्धिनाथ न्यौपाने, कोषाध्यक्षमा चक्रधरी घिमिरे सर्वसम्मत चयन भएका हुन ।
सदस्यहरुमा श्रीप्रसाद न्यौपाने, नानीबाबु बर्तौला, सीता अधिकारी, लालबहादुर नेगी चयन भएका हुन ।
मञ्च गठन ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको हो । कार्यक्रम ज्येष्ठ सदस्य तुलसीमाया बर्तौलाको प्रमुख आतिथ्यता एवम ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका सदस्य केशव प्रसाद सञ्जेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–१७ का सचिव शालिकराम घिमिरे, बैंकटेश टोल विकास संस्थाका अध्यक्ष बोधनाथ तिमल्सिना, चुच्चेखोला टोल विकास संस्थाका उपाध्यक्ष शिवप्रसाद गौतम, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।मञ्चले बैशाख १० गते सम्म नगरका १९ वटै वडामा ज्येष्ठ नागरिक मञ्च गठन गर्ने र अहिले सम्म १० वटा वडामा वडा मञ्च गठन गरिसकेको मञ्चका जिल्ला उपाध्यक्ष बुद्धि प्रसाद पौडेलले जानकारी दिएका छन् ।







