वाणिज्य दिवसमा खाद्यान्न वितरण
हेटौंडा- उद्योगी व्यवसायीहरुको संस्था मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७८ मनाएको छ ।हेटौंडाको बसामाडीका दृष्टिविहीन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो । एकै परिवारका पा“च सदस्य मध्ये तीन जना सदस्य दृष्टिविहीन रहेकोले परिवारमा आर्थिक समस्या परेको जानकारी आएकोले सहयोग गरिएको संघले जनाएको छ । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा भएको खाद्यान्न वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, महासचिव दीपक उप्रेती, कोषाध्यक्ष सन्तोषकुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु तेजराज अधिकारी, सीता भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो । नेपालभरका उद्योग वाणिज्य संघहरुले नेपाल उद्योग वाणिज्य महासंघको आव्हान्मा हरेक वर्ष चैत्र २८ गतेको दिन उद्योग वाणिज्य दिवस मनाउने गर्दछन् ।







