चार जनाले मात्रै बुझाए हातहतियार

साझाकुरा
२०७९ बैशाख ३, शनिबार ०८:४९

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ४ जनाले आफूसँग भएको इजाजत प्राप्त हातहतियार बुझाएका छन् ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका हुन् । प्रशासनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको थियो । मकवानपुरमा करिब ५० जनाले हातहतियार राखेका छन् । जनप्रतिनिधिसहित ५० जनाको हाराहारीमा प्रशासनबाट इजाजत लिएर सुरक्षाका लागि हतियार राखेका हुन् । स्थानीय निर्वाचनलाई भरभर्दो तथा विश्वसनीय बनाउन मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेपनि सबैले नबुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले ४ जनाले मात्र प्रहरी कार्यलयमा हतियार बुझाएको जानकारी दिए ।

जिल्लामा दर्ता गराएका ४९ थान हातहतियार मध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिईने बताए । उनले जिल्लामा ४९ थान हातहतियार दर्ता भएकोमा उक्त हतियारहरु ३८ जना व्यक्ति र संस्थाहरुको नाममा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*