किरियापुत्री भवन निर्माणको शिलन्यास
हेटौंडा- हेटौंडा–४, कर्रामा किरियापुत्री भवन निर्माणको शिलन्यास गरिएको छ ।जग्गा दाता गणेश कुमारी देउलाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठको उपस्थितिमा बिहिबार किरियापुत्री भवन शिलान्यास गरिएको हो ।देउलाले आफ्ना पतिको स्मृतिमा किरियापुत्री भवनका लागि ७ धुर जग्गा दान गरेकी हुन् । किरियापुत्री भवन निर्माणका लागि बागमती प्रदेशसभा सदस्य श्रेष्ठले सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएकी छन् । यस्तै श्रमिक माविले सप्ताह लगाउँदा किरियापुत्री भवनका लागि भनेर उपलब्ध गराएको एक लाख ५० हजार रुपैयाँ हाल व्याज आम्दाानी भएर दुई लाख १८ हजार रुपैयाँ पुगेको उपभोक्ता समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । तीन कोठे किरियापुत्री भवन निर्माण गरिने भन्दै भट्टराईले नपुग रकम हेटौंडा उपमहानगरपालिकाबाट उपलब्ध हुने अपेक्षा गरिएको जानकारी दिए । शिलान्यास कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, सामाजिक संस्कार समितिका अध्यक्ष अम्बर लामा, निर्माण उपभोक्ता समितिका अध्यक्ष अजीव भट्टराईको उपस्थिति रहेको थियो ।







