नवसर्जक साहित्य चौतारीको कार्यालय स्थापना

साझाकुरा
२०७९ बैशाख ३, शनिबार ०८:५३

हेटौं-नवसर्जक साहित्य चौतारी नेपालले आफ्नोे केन्द्रीय कार्यालय हेटौंडामा स्थापना गरेको छ ।चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईंको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो ।कार्यालय स्थापनाका लागि चौतारीका महासचिव समर्पण न्यौपानेका पिता तथा सल्लाहकार एवम् पुरस्कार संस्थापक विष्णु न्यौपानेले आफ्नै निवासमा कोठा उपलब्ध गराएका छन् ।नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष चौलागाईं, प्रमुख अतिथि निखिल तथा चौतारीका संरक्षक दीपक गौतमले संयुक्त रुपमा बोर्ड अनावरण तथा महासचिव समर्पण न्यौपानेलाई नेम प्लेट हस्तान्तरण गरेर कार्यालय उद्घाटन गरिएको थियो । २०७७ जेठ १ गतेदेखि साहित्यिक अभियन्ता दीपक गौतमले नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान आरम्भ गरी २०७७ पुस ११ गते बालबालिकाको नेतृत्वमा कार्यसमिति गठन गरेको थियो ।

चौतारीले हालसम्म १ सय ५० भन्दा बढी भर्चुअल कार्यक्रम सम्पन्न गरिसकेको छ । देशका सात वटै प्रदेश तथा विदेशमा समेत शाखा विस्तारको अन्तिम चरणमा रहेको चौतारीले वैशाख पहिलो हप्ता देशभरका ७ वटै प्रदेशमा प्रादेशिक समिति घोषणा गर्ने तयारीसमेत गरेको छ । कार्यक्रममा चौतारीका सल्लाहकारहरु रमेशमोहन अधिकारी, डिबी बर्ताैला, विष्णुप्रसाद न्यौपाने, अर्चना दाहाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सेवानिवृत्त शिक्षक समाज मकवानपुरका सदस्य जनार्दन खनाल, प्राध्यापक जयराम गौतम, साहित्यकारहरु एसके निधन, सुनिल गौतम, धर्मराज स्याङ्तानलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*