बुद्धको मुर्ती उद्घाटन
हेटौंडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाँडाँडामा २५ फिट उचाईको ढुंगाको बुद्द मूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले शनिबार एक समारोहबीच मूर्ति अनावरण गरेका हुन् ।सम्पूर्ण कुमार लामाको अध्यक्षतामा मूर्ति अनावरण कार्यक्रम भएको हो । एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मूर्ति निर्माण गरी अनावरण गरिएको हो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा हेटौंडा–१८ गुम्बाडाँडामा बौद्ध मूर्ति निर्माण गरिएको हो । धार्मिक महत्वको मूर्ति अनावरण हुँदा वडा नम्बर १८ गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने वडा अध्यक्ष अनिल बानियाँले बताए । कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मूर्ति निर्माण ब्यवस्थापन समिति उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए ।







