३८ जनाले गरे रक्तदान
हेटौंडा- इस्टर सन्डेले आयोजना गरेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । आइतबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका हुन् । हेटौंडा ख्रिष्टियन अन्तर मण्डली युवा झुण्डको आयोजना तथा रक्त सञ्चार केन्द्र हेटौंडाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक बिष्णु रिमालले जानकारी दिए ।







