दक्ष जनशक्ति उत्पादन गर्नुपर्छः मन्त्री मोक्तान

साझाकुरा
२०७९ बैशाख ७, बुधबार १०:३०

हेटौंडा, – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दक्ष जनशक्ति उत्पादनमूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएकी छन् ।राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।मन्त्री मोक्तानले जनताको आवश्यक्ता र मागअनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने दाबी पनि गरेकी छन् । चालु आवको बजेट तथा कार्यक्रमहरु छिटो र प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै उनले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गरिन् ।

अपाड्डता भएकाहरुको क्षमता अभिबृद्धिमूलक कार्यक्रममात्र नभई दक्ष जनशक्ति उत्पादनमूलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिँदै उनले अपाड्डता भएकाहरुले छिटो र सहजरुपमा सूचना लिन पाउने ब्यवस्था गर्न आफूले पहल गर्नेमा जोड दिइन् ।पछाडि पारिएका समुदायको हकअधिकार बृद्धि गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीकी प्रदेश सांसद मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी कानून अधिकृत उषा गौतम, हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।राष्ट्रिय बहिरा महासंघ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष केसीले प्रस्तुतीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*