आजदेखि एसईई परीक्षा मकवानपुरबाट सात हजारले परीक्षा दिने

साझाकुरा
२०७९ बैशाख ९, शुक्रबार १२:२३

हेटौंडा, ८ वैशाख÷ राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदैछ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याड्ढनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो । मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मकवानपुरमा २४ वटा केन्द्रहरू तोकिएको छ । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ । बागमती गाउँपालिकामा तोकिएको परीक्षा केन्द्र जनता माविमा १ सय ८८ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*