मेयर बन्न हेटौंडा आएर सांसदबाट राजीनामा

साझाकुरा
२०७९ बैशाख ९, शुक्रबार १२:३९

हेटौंडा-बागमती प्रदेश प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकास मन्त्री विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । भरतपुर महानगरको प्रमुखका लागि उम्मेदबारी दिन सुवेदीले प्रदेश सांसद्बाट बिहीवार राजीनामा दिएका हुन् ।सुवेदीले हेटौंडा आएर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन् । चितवनको क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यको रुपमा रहेका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेका हुन् । उनलाई भरतपुरको मेयरमा हेभिवेट उम्मेदवारका रुपमा होरिएको छ । भरतपुरमा सुवेदीको माओवादी केन्द्रकी नेतृ तथा वर्तमान मेयर रेणु दाहालसँग प्रतिस्पर्धा हुने सम्भावना छ । गठबन्धनको भागबण्डामा भरतपुर माओवादी केन्द्रले पाएपछि माओवादीले दाहाल नै देहो¥याउने लगभग पक्का छ । रेणु माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डका छोरी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*