हेटौंडाबासीलाई ‘१० हजार लिटर पानी निःशुल्क’

साझाकुरा
२०७९ बैशाख १०, शनिबार १४:१७

हेटौंडा- नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै हेटौंडा नगरबासीलाई १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने एमालेले घोषणा गरेको हो । शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रममा खानेपानी बोर्डबाट पानी उपलब्ध भइरहेका उपभोक्ताहरुलाई १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

हेटौंडा उपमहानगरलाई समय–समयमा रणनीतिक परामर्शका लागि सबै पक्ष समेटेर हेटौंडा विकास परिषद् गठन गर्ने, योजना निर्माण, अनुगमन र मूल्याड्ढनका लागि नगर योजना आयोग गठन गर्नेलगायतका योजना उल्लेख छ । साथै, प्रदेश राजधानीको गुरुयोजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने एमालेले जनाएको छ । नगर यातायात गुरुयोजना तयार गरिने र व्यवस्थापन गर्ने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले पार्टीको जीत निश्चित रहेको र एमालेका सल्लाहकार तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले एमालेले एकसय रुपियाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पु¥याएको बताएका छन् ।

कार्यक्रमको अबसरमा एमालेले पार्टीका ज्येष्ठ सदस्यहरुलाई सम्मान प्रदान गरेको थियो । साथै, एमालेले स्थानीय तह निर्वाचन लक्षित ‘समृद्ध नेपाल’ शीर्षकको गीत सार्वजनिक गरेको छ । एमालेले मकवानपुरका वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले बागमती प्रदेश कमिटीका सदस्य भगवती पुडासैनी, अनन्त पौडेल, बलराम बल लगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*