मकवानपुरका १३ पत्रकारले पाए अवार्ड
हेटौंडा,- हेटौंडामा आयोजित ‘हेटौंडा जर्नालिजम अवार्ड’बाट १३ जना पत्रकार पुरस्कृत भएका छन् ।न्यु मिडिया एकेडेमीले शनिवार साँझ गरेको तेस्रो तथा चौथो संस्करणको अवार्डबाट साझाकुराकर्मी सिर्जना नेपाल वर्ष उत्कृष्ट पत्रकार अवार्ड पाएकी छन् । उत्कृष्ट पत्रकार पुरुषमा देवराज पन्तले अवार्ड पाए । नेपाल र पन्तले ट्रफिसहित जनही १०÷१० हजार रुपैयाँ हात पारे । मकवानपुरमा रहेका सक्रिय पत्रकारहरुको हौसला र उत्प्रेरणा जगाउन अवार्ड गरिएको थियो । निशा गुरुङ महिलातर्फ उत्कृष्ट नवप्रवेशी पत्रकार, सुमन दहाल पुरुषतर्फ उत्कृष्ट नवप्रवेशी पत्रकार घोषित भएका छन् ।
उत्कृष्ट सम्पादक वर्ष अवार्ड शिवकुमार काशी, गणेश दुलाललाई उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड, कपिल खड्कालाई उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड , सम्झना रिजाललाई उत्कृष्ट रेडियो पत्रकारिता वर्ष अवार्ड, गणेश दर्पण अधिकारीलाई उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड दिइएको छ । उत्कृष्ट क्रियाशिल पत्रकार वर्ष अवार्ड सुनिल शिवाकोटी, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अमृत चिमरिया, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड सुदीप शिवाकोटी, टेलिभिजन पत्रकारिता वर्ष अवार्ड बालकृष्ण अधिकारीले पाएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता, न्यू मिडियाका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण बस्नेतको विशेष आतिथ्यतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धाण समिति अध्यक्ष संगिता खड्का, मकवानपुर उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाललगायतको आतिथ्यता थियो । कार्यक्रमको अबसरमा पत्रकार महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।







