सीप विकास तालिम केन्द्रको विभिन्न तालिम समापन

साझाकुरा
२०७९ बैशाख १७, शनिबार ११:०१

हेटौंडा- व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले सञ्चालन गरेको विभिन्न प्रकारका तालिमको समापन गरिएको छ ।केन्द्रले सञ्चालन गर्दै आएको महिला आवासीय तालिम, कम्प्युटर सफ्टवेयर, बिधुत जडान र प्लमबिड्ड तथा कटाई सिलाई लगतायतको तालिमको समापन गरिएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका निमित्त सचिव हरिहर पोखरेलको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा तालिममा सहभागी ६५ जना महिला र ४२ जना पुरूष गरी जम्मा एकसय ७ जना प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

केन्द्रले ६ महिने महिला आवासीय तालिम, कम्प्युटर सफ्टवेयर र ३ महिने बिधुत जडान र प्लमबिड्ड तथा सिलाई कटाई सम्बन्धी तालिम दिएको थियो । तालिम केन्द्र हेटौँडाका केन्द्र प्रमुख युवराज गुरुड्डको अध्यक्षतमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, मद्धति तथा सेवा गुल्म मकवानपुरका सशस्त्र प्रहरी निरीक्षक निरज राज पौडेल, उधमशिलता विकास तालिम संचालन श्रोत व्यक्ति प्रधुम्न उपाध्याय, केन्द्रका लेखा अधिकृत डोर बहादुर खड्का लगायत तालिम केन्द्रका प्रशासनिक र विषय गत प्राविधिक कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्लमबिड्ड प्रशिक्षक फणिन्द्र तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*