हेटौंडामा गठबन्धनको घोषणाः खानेपानीदेखि ३०० युनिट बिजुली निःशुल्क

साझाकुरा
२०७९ बैशाख २१, बुधबार १३:३४

हेटौंडा- पाँचदलीय सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि स्थानीय तह निर्वाचन लक्षित प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्रमा गठबन्धनले २२ शिर्षकमा ३६ वटा घोषणा गरेको छ । गठबन्धनले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएमा प्रत्येक महिना १२ हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने घोषणा गरेको छ । प्रतिवद्धतापत्रमा उपमहानगरबासीलाई ३ सय युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्ने घोषणासमेत गरिएको छ ।

मेयरकी उम्मेदवार मीना लामाले हेटौंडामा गठबन्धन विजयी भएमा वार्षिक रुपमा ३०० युनिटसम्म बिजुली निःशुल्क गर्ने बताएकी हुन् । त्यस्तैगरि एक घर एक रोजगारलाई प्राथमिकतामा राख्ने, हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने र जेष्ठ तथा अशक्त नागरिकको लागि घर–घरमा स्वास्थ्य सेवाको व्यवस्था गरिने घोषणा गरिएको छ ।

हरेक वर्ष कम्तीमा ५ जना विद्यार्थीलाई एमबीबीएसको छात्रवृत्तिको व्यवस्था गर्ने, सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मी नर्सको व्यवस्था अनिवार्य गर्ने, औद्योगिक क्षेत्रका लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने घोषणा पनि प्रतिवद्वतापत्रमा गरिएको छ । हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरि कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।
हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको छ । उपमेयर पदका उम्मेदवार राजेश बानियाँले प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाए ।

उनले नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ । धार्मिक क्षेत्रहरुको सुधार तथा प्रवद्र्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले ध्यान दिएका छन् । भोकाहरुको खानाको व्यवस्थापन गर्ने पनि प्रतिवद्धता जनाइएको छ ।

नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध बनेको छ भने नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।त्यस्तैगरि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको पहिचान गरि सम्मानजनक व्यवस्थापन गरिने, विपद् व्यवस्थापनमा बजेट विनियोजन, विपद् व्यवस्थापन तालिम, राहत सामाग्री व्यवस्थापन, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, अग्नि नियन्त्रण सेवा र शव वाहन सेवा सञ्चालन तथा सहयोग गर्ने पनि घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*