अख्तियारमा स्थानीय तहविरुद्व नौ सय ३१ वटा उजुरी

साझाकुरा
२०७९ बैशाख २२, बिहीबार १३:४७

हेटौंडा- स्थानीय तहको निर्वाचन मिति नजिकिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा स्थानीय तहबिरुद्ध नौ सय ३१ वटा उजुरी परेको पाइएको छ । स्थानीय तहप्रति आकर्षण बढिरहँदा चालू आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा आयोगमा अहिलेसम्म कै सबैभन्दा धेरै उजुरी परेको पाइएको हो । चैत मसान्तसम्ममा कूल एक हजार तीनसय ८५ वटा उजुरी परेकोमा स्थानीय तहबिरुद्वमात्रै नौ सय ३१ वटा उजुरी परेको आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।

देशभरि आयोगको ८ वटा कार्यालय रहेकोमा हेटौंडामा सबैभन्दा धेरै उजुरी परेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए । आयोगको हेटौंडाको कार्यालयले बागमती प्रदेशको नौ वटा र तीनवटा मधेश प्रदेशको गरी १२ वटा जिल्लाको उजुरी लिएर अनुसन्धान गर्ने गरेको छ । आयोगले बागमती प्रदेशको मकवानपुर, चितवन, दोलखा, धादिङ, काभ्रेपलाञ्चोक,
बताए । सबैभन्दा कम सिन्धुपाल्चोकको स्थानीय तहविरुद्व दुईवटा उजुरीमात्रै परेको छ । त्यस्तैगरी रौतहटको स्थानीय तहबिरुद्धमात्रै तीनसय १७ वटा उजुरी परेको छ ।

मकवानपुरको स्थानीय तहविरुद्ध दुईसय ६९, पर्साको दुईसय ४१, चितवनको एकसय ४८, दोलखाको १८, धादिङको १७, काभ्रेपलाञ्चोकको १५, रामेछापको १२, रसुवा र नुवाकोटको स्थानीय तहबिरुद्ध ३÷३ वटा उजुरी परेको जनाइएको छ । सापकोटाले स्थानीय सरकारविरुद्ध चालू आर्थिक वर्षमा परेको उजुरीमध्ये सातसय ७४ वटा फछ्र्यौट भइसकेको र चारसय २९ वटा उजुरी बाँकी रहेको बताए ।

उनले फछ्र्यौट भएका उजुरीहरुमध्ये दुईसय १२ वटा सीधै तामेली, ५४ वटा बिस्तृत अनुसन्धान, १८ वटा सुझावसहितको तामेली, एकसय ९० वटा एकीकरण, ७० वटा अन्य महाशाखा अन्तर्गत्को आयोगको कार्यालय पठाइएको र दुईसय ३० वटा सम्बन्धित निकायमा पठाइएको जानकारी दिए । आयोगमा स्थानीय तहले बाटो निर्माण, विद्यालयको भवन निर्माण, उपभोक्ता समितिको गठन, अनुदान वितरणलगायतको विषयमा अनियमितता गरेको भन्दै उजुरी पर्ने गरेको सापकोटाको भनाइ छ । उनका अनुसार अख्तियारमा प्रदेश सरकारविरुद्ध पनि एकसय ८१ वटा उजुरी परेको थियो । जसमध्ये एकसय १४ वटा फछ्र्यौट भइसकेको छ भने ६७ वटा बाँकी रहेको छ ।

त्यस्तैगरी संघीय सरकारविरुद्ध दुईसय ७३ वटा उजुरी परेकोमा एकसय ५८ वटा फछ्र्यौट भएका छन् भने एकसय १५ वटा उजुरी छानविनको क्रममा नै रहेको छ । सूचना अधिकारी सापकोटाले दिएको जानकारी अनुसार चालू आवको नौ महिनामा आयोगमा परेको उजुरीमध्ये एक हजार ९६ वटा उजुरी चिठ्ठिपत्रबाट आएका थिए ।त्यस्तैगरी ईमेलबाट दुईसय १६, टोल फ्रिबाट ३३, पत्रपत्रिकामार्फत् २८, फेसबुकबाट ५, फ््याक्स्बाट ४ र अन्य माध्यमबाट ३ वटा उजुरी परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*