गठबन्धनका उम्मेदवार घरदैलो व्यस्त

साझाकुरा
२०७९ बैशाख २३, शुक्रबार १०:१७

हेटौंडा-सत्ता साझेदार गठबन्धनका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष घरदैलोमा व्यस्त भएका छन् ।बकैया गाउँपालिका, मकवानपुरगढीसहित जिल्लास्थित अन्य पालिकामा पनि गठबन्धनका उम्मेदवारको घरदैलो तीव्र रुपमा अगाडि बढेको छ ।मकवानपुरगढीमा गठबन्धनबाट पालिका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष उम्मेदवार मानकुमारी नेपाली घरदैलोमा व्यस्त भएका हुन् । बिहीबार वडा नम्बर ५ सिमलटार हँुदै, कालिवन, धादिङ, ज्यामिरे, चुवारपाखामा घरदैलो गर्दै उम्मेदवारहरुले मत मागेका छन् । ७ नम्बर वडाको सकौरामा पनि उम्मेदवारहरुले घरदैलो तथा अगुवा कार्यकर्ता भेट गरेका छन् ।

सुकौराको फुङ्दल र न्यौपानेटार हु“दै गीताधर्म विद्यालय आसपासका क्षेत्रहरुमा मतदाताहरुलाई भेटेर उनीहरुले मतको अपिल गरेका छन् । अध्यक्ष पदका उम्मेदवार लामाले सुकौराको समग्र विकासमा आफ्नो ध्यान रहनुका साथै बस्ती संरक्षण, सडक सञ्जाल, सुकौरा खोलामा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सुकौराको प्रत्येक घरघरमा खानेपानी, युवा लक्षित कृषि तथा पशुपालनका कार्यक्रम, शिक्षा क्षेत्रको गुणस्तरका विकास गरिने बताए ।

कार्यक्रममा गठबन्धनका प्रचारप्रसार समितिका संयोजक यतिराज सापकोटा प्रतिनिधि सभा क्षेत्र २ का संघीय सचिव बलराम घिमिरे, गाउँपालिका पार्टीका सचिव प्रतिमान रुम्बा, तरुण दल गाउँपालिका अध्यक्ष सानोकान्छा थिङलगायत वडाका उम्मेदवारहरुको उपस्थिति थियो ।यसैगरी, बकैया गाउँपालिकामा पनि गठबन्धनको घरदैलो अभियान चलिरहेको छ । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछानेले कान्तिराजपथ सँग जोडिएको ठिंगन क्षेत्रलाई कृषि, पर्यटनको विकासका साथै थप सडक सञ्जाल जोडेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*