पाँच वर्षअघिको काकाकुल थाहानगरमा धारा

साझाकुरा
२०७९ बैशाख २८, बुधबार ११:४०

हेटौंडा- उत्तरी मकवानपुरको थाहा नगरपालिकाले पाँच वर्षअघिसम्म खानेपानीमा ठूलो समस्या झेल्दै आएको थियो । खानेपानीको लागि सँधै हाहाकार नै हुने नगरमा २०७२ सालको भूकम्पपछि पानीका मुहानहरू सुकेर जाँदा अझ ठूलो समस्या आइप¥यो ।पानीको मुहानहरु नै सुकेपछि धेरै जनसमुदायले खानेपानीको असुविधा भोग्दै आएका थिए । तर, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि थाहानगरपालिकामा खानेपानीको समस्या समाधान हुँदै गएको छ । खानेपानीको लागि सँधै हाहाकार हुने थाहानगरका धेरै घरमा धारा बनिसकेका छन् । कयौं घण्टा हिँडेर मुहानको पानी लिन जानुपर्ने धेरैको बाध्यताको अन्त्य भइसकेको छ ।

०७२ को भुकम्पपछि थाहा नगरपालिकाको १० नम्बर वडाका करिब ६ सय घरधुरी खानेपानी सुविधाबाट बञ्चित भएका थिए । नगरपालिकाले गैरसरकारी संस्थासँग मिलेर दुई करोड ५६ लाख रुपियाँको योजना सञ्चालन गरी डीप बोरिङमार्फत् पानी निकालेर घरघरमा खानेपानी सुविधा पु¥याएको छ । खानेपानीको अभावले कुवा र खोलामा निर्भर रहँदै आएका थाहा नगरपालिका–६ वज्रबराही, १० नम्वर वडा चित्लाङ र ११ नम्बर वडा टिस्टुङ मालागिरीमा घरघरमा पानीको धारा जडान गरिएको छ ।

खानेपानी समस्याले हाहाकार नगरपालिकाका ११ सय घरधुरीका झन्डै १० हजार जनसंख्या लाभान्वित भएका छन् । पानीको सबैभन्दा समस्या रहेको थाहा नगरपालिका–१० चित्लाङका पाँचसय ४० घरधुरीमा खानेपानीको सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । खानेपानीको अभावले गर्दा उक्त क्षेत्रका बासिन्दा कुवा र ढुंगेधारामा निर्भर थिए । वडा नम्बर ७, जहाँ पानीको अत्यन्त संकट थियो, त्यहाँ करिब ६ करोड रुपियाँ लागतमा लिफ्टिङ खानेपानी योजना कार्यान्वयन भइरहेको छ । त्यो पनि सम्पन्नको चरणमा पुगेको छ । त्यसमा प्रदेश सरकारको ७० लाख, जिल्ला समन्वय समितिको डेढ करोड रुपियाँ र बाँकी रकम च्वाइस नेपाल संस्थाले हालिदिएको छ ।

त्यसैगरी आग्राको दामगाडे खानेपानी आयोजना पनि निर्माणाधीन छ । करिब ९० लाख रुपियाँ लागतमा उक्त आयोजना निर्माण भइरहेको छ । उक्त आयोजनाको लागि प्रदेश सरकारले ६० लाख रुपियाँ अनुदान दिएको छ । त्यस्तैगरी विभिन्न गैरसरकारी सस्ंथा, उपभोक्ता समिति र नगरपालिकाले बाँकी लगानी गरेर खानेपानी आयोजना निर्माण कार्य भइरहेको नगरपालिकाका निवर्तमान मेयर लवशेर विष्टले जानकारी दिए । त्यस्तै थाहा नगरपालिकाको केन्द्रमा करिब ३ हजार घरधुरीलाई खानेपानी सेवाका लागि संघीय सरकारबाट ३० करोड ५७ लाख रुपियाँ स्वीकृत भएको छ । संघीय सरकारले दिएको रकममा नगरपालिकाले १ प्रतिशत अर्थात् ३० लाख ५७ हजार रुपियाँ लगानी गरेर करिब ३ हजार घरधुरीलाई खानेपानीको पहुँच पु¥याउन खानेपानी आयोजना निर्माण कार्य भइरहेको उनले बताए ।

टिस्टुङमा पनि खानेपानी सुविधाका लागि धेरै काम भएका छन् । अब नगरपालिकाको केहि स्थानबाहेक अधिकांश स्थानमा खानेपानीको समस्या करिब हल भइसकेको विष्टको भनाइ छ । उनले नगरपालिकाको टिष्टुङ क्षेत्रका केहि स्थानमा खानेपानी पु¥याउन नसकिएको समेत बताए । उनले भने ‘टिष्टुङमा खानेपानी पु¥याउन अलि गाह्रो पनि देखिएको छ । त्यो क्षेत्र अलि टाढा हुनुको साथै त्यहाँ घरपरिवार थोरै भएकाले पनि बोरिङ गरेर खानेपानी लैजान समस्या भएको छ ।तर, त्यसको लागि पनि छुट्टै योजना बनाएर खानेपानीको पहुँच पु¥याउनुपर्छ ।’ निवर्तमान मेयर विष्टले आफू थाहा नगरपालिकाको मेयरमा निर्वाचित हुने बितिक्कै खानेपानीलाई प्राथमिकता दिएर काम गरेको बताए । खानेपानी मानव जीवनको मुख्य आवश्यकता भएकोले त्यसलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*