झरीले तितरबितर मतदाता

साझाकुरा
२०७९ बैशाख ३०, शुक्रबार १४:४६

हेटौंडा-देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ । तर,हेटौंडामा भने निर्वाचनको क्रममा झरी परेपछि मतदाता तितरबितर भएका छन् ।पानीले हेटौंडाको विभिन्न मतदान केन्द्रमा मतदान केहि समयको लागि बिथोलिएको पनि छ । जिल्लाका केहि मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको भएपनि अधिकांशमा त्रिपाल नलागाइएको हुँदा पानीले मतदान रोकिएको थियो । हेटौंडामा पानी पर्न कम भएसँगै मतदान पुनः सुरु हुन लागेको छ भने जिल्लाको अन्य पालिकामा अझै छिटपुट पानी परिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*