हेटौंडा १ मा ३०० मत गन्दा गठबन्धनकी उम्मेदवार मिना लामालाई अग्रता

साझाकुरा
२०७९ बैशाख ३१, शनिबार ११:५५

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ३ सय मत गणनाको परिणाम सार्वजनिक भएको छ । भर्खरै प्राप्त खबर अनुसार हेटौंडा १ बाट अहिले गठबन्धनकी उम्मेदवार मिना लामालाई अग्रता  प्राप्त भएको छ । ३०० भोट गन्दा गठबन्धनका तर्फबाट उम्मेदवार मिना लामाले १०९ मत प्राप्त गरेकी छन् । यस्तै एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले १०४ र राप्रपाका दिपक सिंहले ५४ मत प्राप्त गरेका छन् । यस्तै उप मेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँले १३२, एमालेका उम्मेदवार सुमित्रा काफ्ललेले १२५ मत प्राप्त गरेकी छन् । यसैगरी वडा अध्यक्षका नेपाली कांग्रेस उम्मेदवार सविन न्यौपानेले १४१ र एमालेका उम्मेदवार उत्तम पौडेलले १३२ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*