मकवानपुरमा कांग्रेस अग्रस्थानमा, हेटौंडा उपमहानगरको प्रतिष्पर्धा रोचक बन्द
हेटौंडा-वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । मकवानपुरको १० वटै स्थानीय शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सुरुभएसँगै परिणाम पनि आउन थालेको हो । शनिबारबाटै जिल्लाको १० वटै स्थानीय तहमा मतगणना भइरहेको छ । समाचार तयार पार्दासम्म जिल्लाको १०२ वडामध्ये ३३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै वडामा जीत हासिल गरेको छ भने माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा रहेको छ ।
कांग्रेसले १६ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १० र एमालेले ७ वडा अध्यक्ष जितेको हो । नेपाली कांग्रेसबाट इन्द्रसरोबर गाउँपालिका–१ मा सुवास थापा,इन्द्रसरोबर गाउँपालिका–२ मा सुमन श्रेष्ठ,मकवानपुरगढी गाउँपालिका–१ मा आइत सिंह लो, मकवानपुरगढी गाउँपालिका–८ मा कुमार घिसिंङ, भीमफेदी गाउँपालिका–१ मा सोम बहादुर स्याङ्तान, कैलाश गाउँपालिका–१ मा तेज बहादुर ब्लोन र कैलाश गाउँपालिका–२ मा राजेन्द्र तामाङ घिसिङ विजयी भएका छन् ।
त्यस्तैगरि मनहरी गाउँपालिका–१ मा शिव प्रसाद खनाल, राक्सिराङ गाउँपालिका–२ मा बुद्धराम मुक्तान, बकैया गाउँपालिका–११ मा गोपाल बहादुर नेसुर,कैलाश गाउँपालिका–९ मा भुवनसिं घलान, भीमफेदी गाउँपालिका–६ मा सोमबहादुर घलान र बकैया गाउँपालिका–१२ मा ज्ञानेन्द्र बजगाईले जीत हात पारेका छन् । हेटौंडा उपमहानगरपालिका–१ मा सविन न्यौपाने, मनहरी गाउँपालिका–३ मा अनन्त अर्याल र भीमफेदी गाउँपालिका–७ मा मित्रबन्धु सिन्जाली विजयी भएका छन् ।
माओवादी केन्द्रबाट थाहा नगरपालिका–१ मा हेरमान गोपाली, मनहरी गाउँपालिका–२ मा राजकुमार पाख्रीन,बागमती गाउँपालिका–१ मा यहुन्ना राई, भीमफेदी गाउँपालिका–३ मा पृति लाल लामा, थाहा नगरपालिका –२ मा बमबहादुर सिंतान,बकैया गाउँपालिका–१ मा आशिश तितुङ, बकैया गाउँपालिका–२ मा विश्वराज स्याङतान,थाहा नगरपालिका–३ मा हिरेन्द्र रायमाझी, थाहा नगरपालिका–४ मा माओवादीका नारायण लामा र कैलाश गाउँपालिका–३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।
एमालेबाट राक्सिराङ गाउँपालिका–१ मा बाबीराम मुक्तान, कैलाश गाउँपालिका–१० मा सूर्य बहादुर ब्लोन,भीमफेदी गाउँपालिका–२ मा काशी राम बज्यु, भीमफेदी गाउँपालिका–४ मा सागर पाण्डे, इन्द्रसरोवर गाउँपालिका–३ मा प्रताप भोम्जन,इन्द्रसरोवर गाउँपालिका–४ मा चन्द्रकुमार बल र भीमफेदी गाउँपालिका–५ मा जाहारसिं लामाले जीत हासिल गरेका छन् । हेटौंडामा रोचक प्रतिष्पर्धामकवानपुरका अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धन नै अगाडि देखिएको छ । जारी मतगणनामा जिल्लाको अधिकांश वडा र स्थानीय तह प्रमुख÷उपप्रमुख पदमा गठबन्धनको उम्मेदवारले सुरुवाती समयदेखी मतान्तर कायम राख्दै अगाडि बढेको छ ।
समाचार तयार पार्दासम्म मकवानपुरको मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका लगायतको विभिन्न स्थानीय तहमा गठबन्धनले अग्रता कायम नै राखेको हो । यता हेटौंडा उपमहानगरपालिकाको प्रतिष्पर्धा भने मतगणना सुरुवातदेखि नै रोचक मोडमा चलिरहेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकिकृतको मेयरको उम्मेदवार मीना कुमारी लामाले सुरुवातदेखि लामो समयसम्म झिनो मतान्तरलाई कायम राखेको थिइन् । तर, बीचमा एमालेबाट उम्मेदवार बनेका अनन्त पौडेलले उनलाई केहि मतले पछि पारेका थिए ।
२÷४ मतमा नै दुई उम्मेदवारबीच रोचक प्रतिष्पर्धा चलिरह“दा राप्रपाबाट मेयरको उम्मेदवार बनेका दीपक बहादुर सिंहले उनीहरुलाई पछुयाइरहेका थिए । आईतबार अपरान्ह एमालेको उम्मेदवार अनन्त पौडेललाई पछाडि पार्दै दोस्रोत स्थानमा पुगेका सिंह अपरान्ह गठबन्धनलाई पनि पछि पार्दै पहिलो नम्वरमा पुगे । उनको अग्रतासँगै हेटौंडामा त्रिपक्षीय प्रतिष्पर्धा रोचक बनेको छ ।
तीनजना उम्मेदवारबीचको अहिलेसम्मको प्रतिष्पर्धाले आगामी मतगणनामा पनि कडा र रोचक प्रतिष्पर्धा हुने देखिन्छ । एमालेको लालकिल्लाको रुपमा रहदैँ आएको हेटौंडामा करिव १० हजार मत गन्दासम्म अधिकांश समय एमाले पछाडि नै पर्यो ।
केहि समयको लागि झिनो मतले अगाडि बढेको एमालेले अग्रता कायम भने राख्न सकेन । गठबन्धन र एमालेबीचको कडा प्रतिष्पर्धामा राप्रपाको उम्मेदवार सिंहको प्रभावले हेटौंडाको मतपरिणाम कस्तो
आउला ? भन्ने विषय सबैकोचाँसोमा परेको छ । तीनमाकसको पक्षमा अन्तिम मतपरिणाम आउला ? अहिले नै भन्न सक्ने अवस्था छैन ।







