थानाभ¥याङमा बुद्धको मुर्ति र पार्कको उद्घाटन

साझाकुरा
२०७९ जेष्ठ ३, मंगलवार १०:५९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ पाथिभरा मन्दिर जाने बाटोमा बुद्धको मूर्ति र पार्कको उद्घाटन गरिएको छ । बुद्धजयन्तीका अवसरमा सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् । बुद्धजयन्तीका अवसरमा उपमहानगरपालिकाको सार्वजनिक जग्गामा बुद्धको मूर्ति स्थापना गरेर पार्क पनि निर्माण गर्न लागेको जनाइएको छ । बुद्धको मूर्ति र फाउण्डेसन निर्माण गर्ने काम हेटौंडा–११ का समाजसेवी सिद्धिलाल श्रेष्ठले गरेका छन् । यसैगरी, बुद्धपार्क निर्माण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपियाँ सहयोग गरेको र त्यहीअनुसार काम गरिएको मेयर महत जानकारी दिए ।उक्त क्षेत्रलाई अब पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै लैजाने समेत उनको भनाइ छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, उपमहानगरपालिका प्रशासन शाखाका प्रमुख रामकृष्ण थापा, लेखा अधिकृत जेकप श्रेष्ठ, स्थानीय समाजसेवीहरुलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*