मकवानपुरको ८२ वटा वडामा मतगणना सकियो
हेटौंडा- मकवानपुरको ८२ वटा वडामा मतगणना सम्पन्न भएको छ ।समाचार तयार पार्दासम्म जिल्लाको १०२ वडामध्ये ८२ वटा वडाको मतगणना सम्पन्न भएको हो । जसमा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले ३९ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १९ वटा वडामा जीत हात पारेको छ । अब २० वडाको मतपरिणाम आउन बाँकी छ । नेपाली कांग्रेसबाट इन्द्रसरोबर गाउँपालिका–१ मा सुवास थापा, इन्द्रसरोवर गाउँपालिका–२ मा सुमन श्रेष्ठ, इन्द्रसरोवर गाउँपालिका–५ दुधराज तितुङ, भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान, भीमफेदी गाउँपालिका–६ मा सोमबहादुर घलान, भीमफेदी गाउँपालिका–७ मा मित्रबन्धु सिन्जाली, कैलाश गाउँपालिका–१ मा तेजबहादुर ब्लोन, कैलाश गाउँपालिका–२ मा राजेन्द्र तामाङ घिसिङ, कैलाश गाउँपालिका–७ मा उदास भोलन, कैलाश गाउँपालिका–८ आशिष प्रजा, र कैलाश गाउँपालिका–९ मा भुवनसिं घलान बिजयी भएका छन्
मकवानपुरगढी गाउँपालिका–१ मा आइतसिंह लो, मकवानपुरगढी गाउँपालिका–२ मा बखानसिं पाख्रिन, मकवानपुरगढी गाउँपालिका–५ मा दिपेश दाहाल, मकवानपुरगढी गाउँपालिका–६ मा कृष्ण बजगार्इं, मकवानपुरगढी गाउँपालिका–७ मा सूर्यबहादुर रूम्बा, मकवानपुरगढी गाउँपालिका–८ मा कुमार घिसिङ, थाहा–६ मा राजेन्द्रभक्त श्रेष्ठ, थाहा नगरपालिका–७ मा शिवराज गोले, थाहा नगरपालिका–१२ मा टीकाराम स्याङ्तान, बकैया गाउँपालिका–५ मा लक्ष्मी जिम्बा, बकैया गाउँपालिका–९ मा टंकध्वज लोप्चन, बकैया–१० मा कमला वाइवा, बकैया गाउँपालिका–११ गोपाल नेसुर, बकैया गाउँपालिका–१२ मा ज्ञानेन्द्र बजगाई, राक्सिराङ–२ मा बुद्धराम मुक्तान, राक्सिराङ गाउँपालिका–५ मा हरिबहादुर प्रजा, राक्सिराङ गाउँपालिका–७ मा रामबहादुर प्रजा, राक्सिराङ गाउँपालिका–९ मा रामकुमार वाल्चा थिङ, हेटौंडा उपमहानगरपालिका–१ मा सविन न्यौपाने, हेटौंडा उपमहानगरपालिका–२ मा विष्णुगोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका–३ मा ढलक थापा, हेटौंडा उपमहानगरपालिका–६ मा विष्णुप्रसाद दाहाल, हेटौंडा–१६ मा रामकृष्ण कोइराला, मनहरी गाउँपािलका–१ मा शिवप्रसाद खनाल, मनहरी गाउँपालिका–३ मा अनन्त अर्याल, मनहरी गाउँपालिका–६ मा यादव थपलिया, मनहरी गाउँपालिका–७ मा ठाकुर तितुङ र मनहरी गाउँपालिका–८ मा नारायण उप्रेती विजयी भएका छन् ।
यस्तैगरि नेकपा एमालेबाट इन्द्रसरोवर–३ मा प्रताप भोम्जन, इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल, भीमफेदी–२ मा काशीराम बज्यू, भीमफेदी–४ मा सागर पाण्डे, भीमफेदी–५ मा जाहारसिं लामा, भीमफेदी–८ मा बिष्णुबहादुर लामा, मकवानपुरगढी–३ मा भागवत तिमल्सिना, मकवानपुरगढी–४ मा अर्जुनप्रसाद तिमल्सिना, थाहा–५ मा विष्णुबहादुर गुरूङ, थाहा–८ मा हेमकुमार थिङ, थाहा–१० मा हिरा बहादुर गमाल, बकैया–३ मा भुमलसिं घलान, बकैया–४ मा राजन दंगाल, बकैया–६ मा फूलबहादुर भोम्जन, राक्सिराङ–३ मा उत्तम वाइवा, राक्सिराङ–४ मा संजय कोइराला, हेटौंडा–१८ मा अनिल बानियाँ, हेटौंडा–१९ मा नरनाथ सुवेदी र बागमती–६ मा टेकबहादुर डिम्डुङले जीत हासिल गरे ।नेकपा माओवादी केन्द्रबाट भीमफेदी–३ मा प्रितिलाल लामा, कैलाश–३ मा देवलाल बल, कैलाश–४ मा तिलकबहादुर मोक्तान, थाहा–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, थाहा–३ मा हिरेन्द्र रायमाझी, थाहा–४ मा नारायण लामा, थाहा–९ राजकुमार बलामी, थाहा–११ मा दिनेश बल, बकैया–१ मा आशिश तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, बकैया–७ मा मानबहादुर सिन्तान, बकैया–८ मा विष्णु नेगी, राक्सिराङ–६ मा अक्कलबहादुर मोक्तान, राक्सिराङ–८ मा युसाई प्रजा, बागमती–१ मा यहुन्ना राई, बागमती–२ मा जनक पहरी, बागमती–३ मा कमानसिं पाख्रिन, बागमती–४ मा दन्तलाल माझी, बागमती–५ मा विजय भोलन, मनहरी–२ मा राजकुमार पाख्रीन, मनहरी–४ मा प्रकाश थापा र मनहरी–५ मा दिपेन्द्र अधिकारी विजयी भएका छन् ।







