मतपत्रमा ‘नो भोट’ लेखेको भेटिएपछि
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ४ को मतगणना गर्दा फेरि अर्को मतपत्रमा ‘नो भोट’ लेखेको भेटिएको छ ।संविधानमा ‘नो भोट’ को व्यवस्था नभए पनि राजनीतिक दलहरूसहित सरकार उक्त संवैधानिक प्रावधान कार्यान्वयन गर्न आनाकानी गर्दै आएका वेला हेटौंडा उपमहानगरका मतदाताले मतपत्रमा हातैले लेखेर ‘नो भोट’ गरेका हुन् ।मंगलबार पनि उक्त वडाको मत गणना गर्दा ‘नो भोट’ लेखेको मतपत्र भेटिएको थियो । बुधबार पनि भेटिएको मतपत्रमा मार्करले ‘मेरो मत, चोर नेतालाई नो भोट’ भनेर लेखिएको भेटिएको हो । मतगणना गर्दा यस्तो मतपत्र भेटिएपछि उम्मेदवारका प्रतिनिधिहरूमाझ हाँसो फुटेको थियो ।







