कवानपुरको १० पालिका र १०२ वडामा को–को निर्वाचित भए ?

साझाकुरा
२०७९ जेष्ठ ७, शनिबार १३:५२

हेटौंडा- मकवानपुरको १० वटै स्थानीय तहले पाँच वर्षको लागि नयाँ जनप्रतिनीधि पाएको छ ।शुक्रबार जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएसँगै १० वटै पालिकाले नयाँ जनप्रतिनिधि पाएको हो । शुक्रबार सम्पन्न मतपरिणामअनुसार हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । त्यस्तैगरि बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलान र उपाध्यक्षमा कांग्रेसका फणिन्द्र तिमल्सिना, मनहरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रञ्जन कालाखेती, उपाध्यक्षमा माओवादीकी सीता पुलामी मगर, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसको दोर्जे लामा र उपाध्यक्षमा माओवादीकी मानकुमारी पाख्रिन, भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा र उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन् । राक्सिराङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादीको बनस्तम थिङ विजयी भएका छन् ।

त्यस्तैगरि थाहानगरपालिकाको मेयरमा माओवादीको विष्णु बहादुर विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षा देवकृष्ण (डीके) पुडासैनी र उपाध्यक्षमा उमा लामा, कैला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोक मुक्तान र माओवादीका बालकुमार मल्ल, बकैया गाउँपालिकाको अध्यक्ष कांग्रेसका धर्मराज लामिछाने तथा उपाध्यक्षमा माओवादीको भक्त बहादुर खत्री विजयी भएका हुन् । शुक्रबार सम्पन्न जिल्लाको १०२ वडामध्ये सबैभन्दा धेरै वडामा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसले ४४,एमालेले ३३, माओवादीले २४ र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जीत हात पारेको हो ।
नेपाली कांग्रेसले जितेका वडाहरू
इन्द्रसरोवर–१ मा सुवास थापा (कांग्रेस)
इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
इन्द्रसरोवर–५ दुधराज तितुङ (कांग्रेस)
भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
भीमफेदी–६ मा सोमबहादुर घलान (कांग्रेस)
भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
कैलाश–७ मा उदास भोलन (कांग्रेस)
कैलाश–८ आशिष प्रजा (कांग्रेस)
कैलाश–९ मा भुवनसिं घलान (कांग्रेस)
मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
मकवानपुरगढी–२ मा बखानसिं पाख्रिन (कांग्रेस)
मकवानपुरगढी–५ मा दिपेश दाहाल (कांग्रेस)
मकवानपुरगढी–६ मा कृष्ण बजगाई (कांग्रेस)
मकवानपुरगढी–७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)
थाहा–६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
थाहा–७ मा शिवराज गोले (कांग्रेस)
थाहा–१२ मा टिकाराम स्याङ्तान (कांग्रेस)
बकैया–५ मा लक्ष्मी जिम्बा (कांग्रेस)
बकैया–९ मा टंकध्वज लोप्चन (कांग्रेस)
बकैया–१० मा कमला वाइवा (कांग्रेस)
बकैया–११ गोपाल नेसुर (कांग्रेस)
बकैया–१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
राक्सिराङ–५ मा हरिबहादुर प्रजा (कांग्रेस)
राक्सिराङ–७ मा रामबहादुर प्रजा (कांग्रेस)
राक्सिराङ–९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)
मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
मनहरी–३ मा अनन्त अर्याल (कांग्रेस)
मनहरी–६ मा यादव थपलिया (कांग्रेस)
मनहरी–७ मा ठाकुर तितुङ (कांग्रेस)
मनहरी–८ मा नारायण उप्रेती (कांग्रेस)
मनहरी–९ मा राजकुमार श्रेष्ठ (कांग्रेस)
बागमती–७ मा उत्तर लामा (कांग्रेस)
हेटौंडा–१ मा सविन न्यौपाने (कांग्रेस)
हेटौंडा–२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
हेटौंडा–३ मा ढलक थापा (कांग्रेस)
हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)
हेटौंडा–७ मा दामोदर गौतम (कांग्रेस)
हेटौंडा–८ राम थापा (कांग्रेस)
हेटौंडा–१६ मा रामकृष्ण कोइराला (कांग्रेस)
हेटौंडा–१७ मा उद्धव सत्याल (कांग्रेस)

नेकपा एमालेले जितेका वडाहरू
इन्द्रसरोवर–३ मा प्रताप भोम्जन (एमाले)
इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल (एमाले)
भीमफेदी–२ मा काशी राम बज्यु (एमाले)
भीमफेदी–४ मा सागर पाण्डे (एमाले)
भीमफेदी–५ मा जाहारसिं लामा (एमाले)
भीमफेदी–८ मा बिष्णुबहादुर लामा (एमाले)
भीमफेदी–९ मा प्रकाश पुडासैनी (एमाले)
कैलाश–५ मा छेकु लामा (एमाले)
कैलाश–६ मा रामबहादुर गोङ्वा (एमाले)
कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)
मकवानपुरगढी–३ मा भागवत तिमल्सिना (एमाले)
मकवानपुरगढी–४ मा अर्जुन प्र तिमल्सिना (एमाले)
थाहा–५ मा विष्णुबहादुर गुरूङ (एमाले)
थाहा–८ मा हेमकुमार थिङ (एमाले)
थाहा–१० मा हिरा बहादुर गमाल (एमाले)
बकैया–(३ मा भुमलसिं घलान (एमाले)
बकैया–४ मा राजन दंगाल (एमाले)
बकैया–६ मा फुलबहादुर भोम्जन (एमाले)
राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)
राक्सिराङ–३ मा उत्तम वाइवा (एमाले)
राक्सिराङ–४ मा संजय कोइराला (एमाले)
हेटौंडा–४ मा नवीन सिग्देल (एमाले)
हेटौंडा–५ मा सुशील घिमिरे (एमाले)
हेटौंडा–१४ मा दिपक खड्का (एमाले)
हेटौंडा–१५ मा सुनिल मोक्तान (एमाले)
हेटौंडा–१८ मा अनिल बानियाँ (एमाले)
हेटौंडा–१९ मा नरनाथ सुवेदी (एमाले)
हेटौंडा–१० मा फुर्वा दोर्जे लामा (एमाले)
हेटौंडा–११ मा जुना दाहाल (एमाले)
हेटौंडा–१३ मा पेम्बा लामा (एमाले)
बागमती–६ मा टेकबहादुर डिम्डुङ (एमाले)

नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)
कैलाश–३ मा देवलाल बल (माओवादी)
कैलाश–४ मा तिलकबहादुर मोक्तान (माओवादी)
थाहा–१ मा हेरमान गोपाली (माओवादी)
थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
थाहा–३ मा हिरेन्द्र रायमाझी (माओवादी)
थाहा–४ मा नारायण लामा (माओवादी)
थाहा–९ राजकुमार बलामी (माओवादी)
थाहा–११ मा दिनेश बल (माओवादी)
बकैया–१ मा आशिश तितुङ (माओवादी)
बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
बकैया–७ मा मानबहादुर सिन्तान (माओवादी)
बकैया–८ मा विष्णु नेगी (माओवादी)
राक्सिराङ–६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
राक्सिराङ–८ मा युसाई प्रजा (माओवादी)
मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
मनहरी–४ मा प्रकाश थापा (माओवादी)
मनहरी–५ मा दिपेन्द्र अधिकारी (माओवादी)
बागमती–१ मा यहुन्ना राई (माओवादी)
बागमती–२ मा जनक पहरी (माओवादी)
बागमती–३ मा कमानसिं पाख्रिन (माओवादी)
बागमती–४ मा दन्तलाल माझी (माओवादी)
बागमती–५ मा विजय भोलन (माओवादी)
हेटौंडा–१२ मा ललित घलान (माओवादी

नेकपा एकिकृत समाजवादी
हेटौंडा–९ शुकराम केसी

 

यसमा तपाइको मत

Your email address will not be published.


*