हेटौंडाको विकासमा प्रदेश सरकारले सहयोग गर्छ : बानियाँ

साझाकुरा
२०७९ जेष्ठ ८, आईतवार १४:१५

हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेशको सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
गठबन्धनका उम्मेदवार विजयी भएपछि शनिबार बिहान निकालिएको विजय र्यालीलाई सम्बोधन गर्दै बानियाँले गठबन्धनबाट विजयी भएको हेटौंडाको विकासमा गठबन्धनबाटै बनेको बागमती
प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् ।

नेता बानियाँले भने ‘गठबन्धनबाटै बनेको प्रदेश सरकारले बजेट निर्माणको काम सुरु गर्दैछ । अब प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकाको विकासमा सहयोग गर्नेछ ।’मेयर, उपमेयरसहित निर्वाचित सवैलाई बधाई दिदैँ स्थानीय सरकारमा पक्ष र विपक्ष नहुने बानियाँले बताए ।उनले हेटौंडालाई सुन्दर र विकसित नगर बनाउने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*