इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

साझाकुरा
२०७९ जेष्ठ ८, आईतवार १४:१७

हेटौंडा-उत्तरी मकवानपुर इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
शनिबार साँझ पर्सा बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।८ जना सवार जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई हेटौडा र काठमाडौं उपचारका लागि पठाइएको हो । घाइतेहरु मध्य हेटौंडा अस्पतालमा २ जना, चुरेहिल अस्पतालमा १ जना र १ जना काठमाडौंस्थित ट्रमा सेन्टरमा
उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएको छ ।घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । उनीहरूको पहिचानको नखुलेको प्रहरीले बताएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*