हेटौंडाको नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् ।सोमबार बिहान आयोजित कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मिनाकुमारी लामालाई मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर लामाले हेटौंडालाई ५ वर्षे कार्यकालमा समृद्ध बनाउने बताएकी थिइन् । हेटौंडालाई समृद्ध बनाउन सबै तहका प्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारीका आधारमा निष्पक्ष ढंगबाट काम गर्नुपर्ने उनको भनाई छ ।
मेयर लामाले नवनिर्वाचित उपमेयर राजेश बानियाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् । लामाले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडाध्यक्षहरुलाई पनि पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन् । हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, २ का वडाध्यक्ष ढलक बहादुर थापा, ४ का वडाध्यक्ष नविन सिग्देल, ५ का वडाध्यक्ष सुशिल घिमिरे, ६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, ७ का वडाध्यक्ष दामोदर गौतम, ८ का वडाध्यक्ष राम थापा, ९ का वडाध्यक्ष सुकराम केसी, १० का वडाध्यक्ष फुर्वादोर्जे लामाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
यस्तै, ११ का वडाध्यक्ष जुना दाहाल, १२ का वडाध्यक्ष ललित घलान, १३ का वडाध्यक्ष पेम्बा लामा, १४ का वडाध्यक्ष दीपक खड्का, १५ का वडाध्यक्ष सुनिल मोक्तान, १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, १७ का वडाध्यक्ष उद्धव सत्याल, १८ का अनिल बानियाँ र १९ का वडाध्यक्ष नरनाथ सुवेदीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मेयर लामाले १९ वटै वडाका नवनिर्वाचित वडासदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेम पुलामी, नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महत लगायतको आतिथ्यता रहेको थियो ।







