हेटौंडा–१७ का महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

साझाकुरा
२०७९ जेष्ठ ११, बुधबार १०:२१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।मंगलबार बसेको वडा कार्यसमितिको पहिलो बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरेको हो ।१७ नम्वर वडाका वडाध्यक्ष उद्धव सत्यालले बैठकले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि निःशुल्क हेल्प डेस्क सन्चालन गर्ने समेत निर्णय गरेको जानकारी दिए । हेल्प डेस्कले वडामा सेवा लिन आउने सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाहका लागि सहयोग गर्ने वडा सदस्य नवराज न्यौपानेको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*