बागमती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

साझाकुरा
२०७९ जेष्ठ ११, बुधबार १२:०२

हेटौंडा-पुर्वी मकवानपुरको बागमती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । मंगलबार आयोजि कार्यक्रममा बागमती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् । यसअघि मकवानपुर जिल्लाका ९ वटै पालिकाका निर्वाचित जनप्रतिनिधिले सपथग्रहण गरेर कार्यभार सम्हालिसकेका छन् ।बागमती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सर्केश घलानलाई मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । घलान दास्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित छन् । अध्यक्ष घलानले सपथ ग्रहणपछि पदभार ग्रहण पनि गरे ।

उनले आफूले सपथ लिएपछि पालिकाका नवनिर्वाचित उपाध्यक्ष फणिन्द्र तिमल्सिनालाई सपथ ग्रहण गराए । त्यस्तैगरि पालिकाका नवनिर्वाचित वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएका छन् ।बामगती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष यहुन्ना राई, २ का वडाध्यक्ष जनक पहरी, ३ का वडाध्यक्ष कमानसिं पाख्रिन, ४ का वडाध्यक्ष दन्तलाल माझी, ५ का वडाध्यक्ष विजय भोलन, ६ का वडाध्यक्ष टेक बहादुर, डिमडुङ, ७ का वडाध्यक्ष उत्तर लामा भोलन, ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना, ९ का वडाध्यक्ष पुनराम घलानले पालिका अध्यक्ष घलानबाट सपथ लिए । नवनिर्वाचित वडा सदस्यहरुलाई पनि अध्यक्ष घलानले सपथ ग्रहण गराएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*