यातायात क्षेत्रलाई व्यवस्थित गर्न आग्रह

नारायणी संघद्वारा जनप्रतिनिधिलाई बधाई
साझाकुरा
२०७९ जेष्ठ १३, शुक्रबार ११:०८

हेटौंडा – स्थानीय तह सदस्य निर्वाचन–०७९ बाट मकवानपुरका १० वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पुरानो नारायणी यातायात कम्पनीले बधाई ज्ञापन गरेको छ ।हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, थाहा नगरपालिकाको मेयर, उपमेयर र जिल्लास्थित ८ वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुलाई बधाईसँगै स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

बधाई ज्ञापन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सूर्यचन्द्र न्यौपाने, हेटौंडाका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, थाहा नगरका मेयर विष्णु विष्टलगायतका जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रको समस्या तथा अवस्थाबारे जानकारी गराएका थिए । उनले नारायणी यातायात व्यवसायी संघबाट रुपान्तरित भई राज्यको धरपकडबाट बाध्यात्मक स्थितिबाट कम्पनी बनेको आरोप लगाएका छन् ।

उनले तत्कालीन संघले हेटौंडाको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय कार्य गरेको जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए । संघले हेटौंडामा सञ्चालित सार्वजनिक यातायातहरुलाई व्यवस्थित बनाउन तत्काल व्यवस्थित बसर्पाक निर्माण गर्नुपर्ने सुझाव दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*