जोमसोम उडेको तारा एयरको विमानमा १६ नेपाली र ६ विदेशी

साझाकुरा
२०७९ जेष्ठ १५, आईतवार ११:५७

काठमाडौं – आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा १९ जना सवार रहेको खुलेको छ । बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको यति एयरलाइन्सले जानकारी दिएको छ।

सम्पर्कविहीन जहाजको खोजीकार्यका लागि मुस्ताङ र पोखराबाट दुई वटा हेलिकोप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।मौसम सामान्य रहेकोले आइतबार बिहान दुई उडान भरी सकेको विमानले तेस्रो उडान गर्दै थियो।

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिए।

 

यसमा तपाइको मत

Your email address will not be published.


*