‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० लाख बेरुजु’
हेटौंडा- बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० लाख रुपैंया भन्दा बढिको बेरुजु रहेको बताएका छन् ।बिहीबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले प्रतिष्ठानमा ५० लाख रुपैंया भन्दा बढिको बेरुजु रहेको बताएका हुन् । मुख्यमन्त्री पाण्डेले प्रतिष्ठानमा ५५ वटा योजना ५÷५ लाख रुपैंयाको बनाएर गैरकानूनी काम भएको समेत आरोप लगाए । प्रतिष्ठानका नेतृत्वबाट आफ्ना श्रीमति र नातेदारलाई जागिर लगाउने काम मात्रै भएको उनले टिप्पणी गरे ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याएको समाजवादी कार्यक्रमबाट नतर्सन प्रतीपक्षी दल नेकपा एमालेलाई सुझाव दिए । समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने पुनः दोहो¥याउँदै उनले यो कार्यक्रम आगामी दिनमा सबैले सम्झन लायक कार्यक्रम हुने दावी गरे ।उनले समाजवादी कार्यक्रमको विरोध भन्दा सुझाव दिन आग्रह गरे । विगतमा सिमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको मुख्यमन्त्री पाण्डेको दावी थियो ।







