अडानको केन्द्रीय उपमहाचिवमा ढुंगाना

साझाकुरा
२०७९ जेष्ठ २३, सोमबार ०९:२६

हेटौंडा -लेखा परीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान)को छैठौं राष्ट्रिय अधिवेशनबाट हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना उपमहासचिवमा निर्वाचित भएका छन् ।अधिवेशनले अध्यक्षमा केदारनाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई , प्रथम उपाध्यक्षमा डोलप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा अब्दुलकरिम खान, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल र महिला उपाध्यक्षमा मिरा श्रेष्ठ चयन गरेको छ ।

यसैगरी प्रदेश १ को तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, मधेस प्रदेशबाट प्रदीपकुमार यादव, उपत्यकाबाट भोलानाथ पाठक, बागमति प्रदेशबाट रामजी अधिकारी, गण्डकीबाट विल बहादुर भुजेल, लुम्बिनीबाट रमेश केसी, कर्णालीबाट बलराम रेग्मी र सुदूर पश्चिम प्रदेशबाट बहादुरसिंह विष्ट चयन भएका छन् ।अडानको महासचिवमा प्रेमबहादुर श्रेष्ठ, उपमहासचिवमा मकवानपुरका ढुंगानासहित ५ जना, सचिवमा ८ जना र सदस्यहरु समेत ७९ जनाको कार्यसमिति चयन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*