सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी चयन

साझाकुरा
२०७९ जेष्ठ २५, बुधबार १३:४५

हेटौंडा- सन्चो हस्पिटल प्रालि हेटौंडा–१ को अध्यक्षमा बिजय पुडासैनी चयन भएका छन् ।सोमबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । हस्पिटलका अध्यक्ष राजेश बानियाँ हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा बिजयी भएपछि पुडासैनी अध्यक्षमा चयन भएका हुन् । लामो समयदेखि अटो मोबाइल क्षेत्रमा सक्रिय पुडासैनी आइचर गाडी कम्पनीको क्षेत्रीय प्रबन्धसमेत भइसकेका र स्वास्थ्य क्षेत्रमा पनि दूई वर्षदेखि निरन्तर सक्रिय छन् । अध्यक्ष चयन भइसकेपछि पुडासैनीले सन्चो हस्पिटलकोे गरिमालाई कायम राखी मकवानपुरको नमूना हस्पिटल बनाउने प्रतिबद्वता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*