रग्बी सिरिजको बन्द प्रशिक्षणमा मकवानपुरका भारती छनोट

साझाकुरा
२०७९ जेष्ठ २५, बुधबार १२:२५

हेटौंडा- बंगलादेशको ढाकामा हुने मैत्रीपूर्ण बंगबन्धु रग्बी सिरिजका लागि जारी नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मकवानपुरका विक्रम भारती छनोट भएका छन् ।
आगामी जुन २१ र २२ तारिखमा हुने बंगबन्धु रग्बी सिरिजका लागि जारी नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मकवानपुरका भारती छनोट भएका हुन् । नेपाली राष्ट्रिय रग्बी टिमका प्रशिक्षक विनोद तामाङ, राज टड्ड र गोपाल क्षेत्रीले यसै महिनाको सुरुमा भएको छनोट शिविरमा बोलाइएका ३५ जना खेलाडीमध्ये २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका भारतीले जानकारी दिए ।

बंगबन्धु बंगलादेश–नेपाल मैत्रीपूर्ण सिरिजको तयारीका लागि छनोटमा मकवानपुरका ३ खेलाडी सहभागी भए पनि बन्द प्रशिक्षणमा जिल्लाबाट आफू मात्र पर्न सफल भएको उनको भनाई छ ।मैत्रीपूर्ण खेलको क्रममा नेपाली रग्बी टिमले बंगलादेशमा दुई ‘७ साइड’ र एक ‘१५ साइड’ को खेल खेल्ने छ । भारती मकवानपुर जिल्ला रग्बी टिमका प्रशिक्षक समेत रहेका छन् । बन्द प्रशिक्षणको लागि राष्ट्रिय रग्बी टिमको फर्वाडमा भारतीसहित श्रीराम श्रेष्ठ, सुमन चौलागाईं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमित बहादुर मल्ल, बिवेश बसु, नवीन महर्जन, किरण गुरुङ, अमरसिंह श्रेष्ठ, रामकिशोर चौधरी, शेरबहादुर ओली, क्षितिज कार्की, सञ्जीव कुमाल परेका छन् ।

यसैगरी टिमको ब्याकतर्फ कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश ठोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेस राज बास्तोला र सविन महत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*